Section 20
उजूरी र हदम्याद
(१) यस ऐन अन्तर्गत सजाय हुने कसूरको सम्बन्धमा देहाय बमोजिमको व्यक्ति वा संस्थाले सम्बन्धित श्रम कार्यालयमा उजूरी दिन सक्नेछः–
(क) दफा १५ बमोजिम प्रतिष्ठानको निरीक्षण गर्ने कर्मचारी,
(ख) सम्बन्धित इलाकाको प्रहरी,
(ग) सम्बन्धित बालक वा निजको बाबु, आमा वा संरक्षक,
(घ) सम्बन्धित गाउँपालिका वा नगरपालिका,
(ङ) प्रतिष्ठान स्तरको टे«ड युनियन, वा
(च) बालकको हक र हितको संरक्षणको निमित्त कार्यरत प्रचलित कानून बमोजिम स्थापित निकाय वा गैरसरकारी संस्था ।
(२) यस ऐन अन्तर्गत सजाय हुने कसूरको सम्बन्धमा सो कार्य भए गरेको मितिले एक वर्षभित्र उजूरी दिनु पर्नेछ ।